ताजा समाचार

जाजरकोट पहिरो : बेपत्ता ३ जनाको शव भेटियो

काठमाडाैँ । जाजरकोट बारेकोट गाउँपालिका-४ सार्कीगाउँमा गएराति आएको पहिरोले घर बगाउँदा बेपत्ता १२ जनामध्ये ३ जनाको शव फेला परेको छ ।

बिहीबार राति गएको पहिरोमा परी १२ जना बेपत्ता भएका थिए ।

पहिरोमा परी बेपत्ता भएकामध्ये ३ जनाको शव फेला परेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।

‘३ जनाको शव फेला परेको खबर पाएको छु । अन्य बेपत्ता हुनुहुन्छ । फोन सम्पर्क हुन नसकेका कारण घटनाको पूर्ण विवरण आइसकेको छैन,’ उनले भने, ‘घटनास्थलतर्फ उद्धार टोली परिचालन भइसकेको छ । केही समयपछि घटनाको बारेमा थप जानकारी आउँला ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org