ताजा समाचार

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च, प्रतीतोला ९२ हजार ८ सय पुग्यो

काठमाडौं । सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको भाउ तोलाको ९२ हजार ८ सय पुगेको छ ।

मंगलबारको तुलनामा बुधबार (आज) एकैदिन तोलामा ६ सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुन तोलाको ९२ हजार ८ सय तोकेको छ । मंगलबार तोलाको ९२ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुनको भाउ पनि तोलाको ९२ हजार ३ सय ६० पुगेको छ । मंगलबार तोलाको ९१ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदीको भाउ पनि तोलाको एक हजार नाघेको छ । महासंघले आज (बुधबार) का लागि चाँदीको भाउ तोलाको १ हजार ५ रुपैयाँ कायम गरेको छ । मंगलबार तोलाको ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org