ताजा समाचार

बालुवाटारमा ओली, प्रचण्ड र नेपालबीच छलफल जारी

काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको विवाद मिलाउन शीर्ष नेताहरू छलफलमा जुटेका छन्।

पछिल्लो समय स्थायी समिति बैठक स्थगित गरेर दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचमात्र छलफल भइरहेकोमा बिहीबारको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी भएको स्रोतले बताएको छ।

प्रधानमन्त्री ओलीको राजीनामा माग्नेमा प्रचण्ड र नेपाल एउटै खेमामा छन्। पछिल्लो समय एक साताका लागि स्थगित भएको स्थायी समिति बैठक बस्नु अघिल्लो दिन भइरहेको तीन नेताहरूको छलफलले केही परिणाम निकाल्ने अपेक्षा गरिएको छ।

नेकपामा प्रचण्ड-नेपाल पक्षधरले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले अध्यक्ष र प्रधानमन्त्री दुबैबाट राजीनामा दिनुपर्ने बताउँदै आएका छन्। प्रधानमन्त्री ओली भने दुबै पद नछोड्ने अडानमा छन्।

दुबै पक्षका अडानबीच सहमतिको बिन्दु के हुन सक्छ भनेर दुई अध्यक्षबीच यसअघि पटकपटक भएका छलफलबाट निष्कर्ष निस्किएको थिएन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org