ताजा समाचार

आइतबार १ सय ५६ संक्रमित थपिए, सक्रमितको संख्या १७ हजार ६ सय ५८ पुग्यो

काठमाडाैँ । आइतबार देशभर १ सय ५६ जना कोरोनाका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍‍ जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर हालसम्म १७ हजार ६ सय ५८ जना संक्रमित भएका छन्।

विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ५८ जना कोरोनामुक्त भएका छन्। यसहित हालसम्म ११ हजार ६ सय ९५ जना कोरोनाबाट निको भएका छन्।

यो कुल संक्रमितको ६६ प्रतिशत हो। विगत २४ घण्टामा २७ प्रयोगशालाबाट ३ हजार ७ सय ४१ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। हालसम्म ३ लाख १५ हजार बढीको पिसिआर परीक्षण भएको छ।

त्यस्तै हालसम्म मृतक ४० जनामा काेराेना पुष्टि भएकाे छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org