ला लिगामा उपविजेता बनेपनि मेस्सीले जिते किर्तिमानी सातौं पीचीची अवार्ड
काठमाडाैँ । स्पेनिस ला लिगाको अन्तिम खेलमा बार्सिलोनाले आलाभेसविरुद्ध ५ गोल गरेको छ।
आइतबार रातिको खेलमा बार्साले आलाभेसको घरेलु मैदानमा ५–० को जित निकालेको हो। ला लिगामा दोस्रो स्थानमा रहँदै बार्साले यस सिजनको अन्त्य गरेको हो। यस सिजनको उपाधि बार्साको चिर प्रतिद्वन्दी रियल मड्रिडले जितिसकेको छ।
लिग समाप्त भइसक्दा ३८ खेलबाट मड्रिडले ८७ अंक बटुल्दा बार्साले समान खेलबाट ८२ अंक जोड्यो। आइतबार राति नै भएको अन्तिम खेलमा लिग विजेता मड्रिडले लेगनाससँग २–२ को बराबरी खेलेको थियो।
आलाभेसविरुद्ध बार्साको जितमा मेस्सीले २ गोल गर्दा लुइस स्वारेज, आन्सु फाती र नेल्सन सिमिडोले समान एक–एक गोल गरे। यस सिजन ला लिगाको उपविजेतामा सीमित बनेका मेस्सीले किर्तिमानी भने बनाउन सफल भए।
मेस्सी यस सिजन पनि ला लिगाको सर्वाधिक गोलकर्ता बन्दै किर्तिमानी सातौं पीचीची अवार्ड प्राप्त गर्न सफल भएका हुन्। मेस्सीले यस सिजन २५ गोल गर्दा रियल मड्रिडका करिम बेन्जेमा २१ गोलमै सीमित बनेका हुन्।
मेस्सीले सन् २०१६ को सिजन यता लगातार चारपटक यस अवार्ड प्राप्त गरेका छन्। त्यसअघि सन् २००९, २०११ र २०१२ मा उनले यस अवार्ड पाएका थिए।
सात पटक स्पेनिस ला लिगाको गोल्ड बुट ‘पीचीची अवार्ड’ प्राप्त गर्ने मेस्सी एक्ला खेलाडी हुन्। स्पेनका खेलाडी तेल्मो जाराले पीचीची अवार्ड ६ पटक जितेका थिए।
यसपटक मेस्सी युरोपियन गोल्डेन बुटमा भने कमजोर सावित भए। यस सिजन ३४ गोल गरेका बार्यन म्युनिखका रोवर्ट लेवानडोस्कीले युरोपियन गोल्डेन बुट जित्ने निश्चित भइसकेको छ।
रोनाल्डोले यस सिजन युभेन्ट्सबाट २८ गोल गरेका थिए।
Comments
अरु समाचार
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...
-
भिसा नआएपछि नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’
काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’ भएको छ। टोली मंगलबार बिहान...