ताजा समाचार

कम्युनिस्ट सरकार देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने संकल्प लिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने संकल्प कम्युनिस्ट पार्टीको सरकारले लिएको बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसका अवसरमा ट्विटमार्फत् सन्देश जारी गर्दै देशलाई समृद्ध र देशमा बस्ने नागरिकलाई सुखी बनाउने संकल्प कम्युनिस्ट पार्टीकोसरकारले लिएको दोहोर्‍याएका हुन् ।

‘‘विश्वप्रसिद्ध कम्युनिस्ट घोषणा पत्रका प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिव, बाम-लोकतान्त्रिक संयुक्त जनआन्दोलनका वैचारिक प्रणेता कमरेड पुष्पलालको ४२औं स्मृति दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

यस देशलाई समृद्ध र देशमा बस्ने नागरिकलाई सुखी बनाउने संकल्प कम्युनिस्ट पार्टीको यस सरकारले लिएको छ । यस संकल्पलाई साकार पार्ने दिशामा अग्रसर हुन पुष्पलाल स्मृति दिवसका अवसरमा म सबैमा हार्दिक आह्वान गर्दछु,” उनले सन्देशमा भनेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org