ताजा समाचार

मुक्तिकामी आन्दोलनले अभिभावक गुमायो-प्रचण्ड

पूर्वसांसद बर्मन बुढाको निधनले मर्माहत : प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता तथा पूर्वसांसद बर्मन बुढाको निधनमा आफू मर्माहत भएको बताएका छन्।

बुढाको निधनप्रति श्रद्धाञ्जली दिँदै अध्यक्ष प्रचण्डले कम्युनिस्ट नेता बुढाको निधनले मुक्तिकामी आन्दाेलनले अभिभावक गुमाएकाे बताए।

‘नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा कमरेड बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको छ। सामन्तवाद विरोधी नेपाली जनताको मुक्तियुद्धमा उहाँ जहिले पनि अग्रमोर्चामा रहनुभयो’, प्रचण्डले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ।

तत्कालीन एकता केन्द्रका पूर्व सांसद  बुढाको ९० वर्षकाे उमेरमा बुधबार बिहान निधन भएकाे हाे। क्यान्सर पीडित बुढाको उपचारको क्रममा पाटन अस्पतालमा निधन भएको परिवारका सदस्यले जानकारी दिए। उनी तत्कालीन एकता केन्द्रमा रोल्पाबाट २०४८ सालमा प्रत्यक्ष निर्वाचित सांसद हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org