कम्युनिष्ट नेता बर्मन बुढालाई उपराष्ट्रपति पासाङले राष्ट्रिय झण्डा र प्रचण्डले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली
काठमाडाैँ । कम्युनिस्ट नेता तथा पूर्व सांसद बर्मन बुढामगरको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदैछ।
बुढाको उपचारको क्रममा आज विहान ४ः३० बजे ललितपुरस्थित पाटन अस्पतालमा ९० वर्षको उमेरमा निधन भएको थियो ।
बिहान १० बजे पशुपति आर्यघाट पुगेर उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, सभामुख अग्नि सापकोटा, गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, पूर्वसभामुख कृष्णबहादुर महरा र ओनसरी घर्ती, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’, वनमन्त्री शक्ति बस्नेत, नेकपा क्रान्तिकारी माओवादीका नेता मोहन वैद्य ‘किरण’ र सीपी गजुरेललगायतका नेता श्रद्धाञ्जलीका लागि आर्यघाट पुगेका थिए ।
उपराष्ट्रपति पुनले राष्ट्रिय झण्डा र नेकपा अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर बुढाप्रति श्रद्धाञ्जली व्यक्त गरे । श्रद्धाञ्जलीका लागि सयौँ नेता कार्यकर्ता पशुपति आर्यघाट पुगेका छन् ।
वि.स. १९८७ साउन १७ गते रोल्पाको थबाङमा जन्मिएका बुढा नेपाली कम्युनिष्ट आन्दोलनमा एक आदर्श व्यक्तित्वको रुपमा चिनिन्छन् ।
बुढा २०४८ सालमा रोल्पाको क्षेत्र नं. १ बाट तत्कालीन जनमोर्चाको तर्फबाट सांसद निर्वाचित भएका थिए । त्यसअघि उनी थबाङको मुखिया, प्रधानपञ्च समेत थिए ।
माओवादी जनयुद्धको केन्द्र मानिने थबाङका बुढामगर रोल्पामा कम्युनिष्टको जननी मानिन्छन् । बुढा राष्ट्रका लागि महत्वपूर्ण योगदान गरे बापत दुई वर्षअघि राष्ट्रपतिबाट विभुषित भएका थिए ।उनका तीन छोरा तीन छोरी, नाति, नातिनी लगायत छन् ।
बुढा पेटको क्यान्सरबाट पीडित थिए । अघिल्लो वर्ष क्यान्सर पुष्टि भएपछि नियमित उपचारमा रहेका उनलाई बढी अप्ठ्यारो भएपछि केही दिन अघि पाटन अस्पतालमा भर्ना गरिएको थियो ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...