ताजा समाचार

न्यायालयको निर्णयले सिङ्गो सिंगो व्यवस्थापमाथी प्रश्न उठ्दैछः प्रवक्ता श्रेष्ठ

काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सिंगै व्यवस्था र राज्य प्रणालीमाथि प्रश्न उठ्ने गरी न्यायालयबाट किन निर्णय गरिँदैछ भन्ने प्रश्न गरेका छन्।

श्रीमतीको हत्या गरेर जेल परेका  सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालालाई कैद छुट भएकोलगायत विषयमा श्रेष्ठले असन्तुष्टि जनाएका हुन्।

आइतबार फेसबुकमा स्टाटस लेख्दै प्रवक्ता श्रेष्ठले ‘के हुदैछ यस्तो? न्यायालय र सिङ्गै राज्य प्रणाली र व्यवस्थामाथि नै प्रश्न उठ्ने गरी न्यायालयद्वारा निर्णय किन गरिँदैछ?’ भन्ने प्रश्न गरेका हुन्।

चितवनमा चेपाङका घरमा आगलागी गर्ने र दलित भएकै आधारमा पश्चिम रूकुममा बर्बर सामुहिक हत्या किन गरिन्छ भन्ने प्रश्न गर्दै श्रेष्ठले यस्ता घटनाको हद भएको र असैह्य भएको उल्लेख गरेका छन्।

साथै उनले बास र छाक टार्ने समस्याबाट पीडित गरिब चेपाङ युवाको हत्या संवेदनशील सुरक्षा अंगबाट नै दर्दनाक ढङ्गले पिटी पिटी किन गरिन्छ भन्ने प्रश्न पनि गरेका छन्।

चितवनमा सेनाको कुटाइबाट एक युवकको मृत्यु भएको थियो।

श्रेष्ठले थपेका छन्, ‘कथित दलित भएकै आधारमा बर्बर सामुहिक हत्या किन गरिन्छ? हद भयो, असह्य भयो।’

उनले न्याय स्थापित हुनुपर्ने र दोषीमाथि कारवाही हुनुपर्ने बताएका छन्।

‘यो अवाजलाई समयमै सम्बोधन गरौं र राज्यका अंगहरूको लोकतन्त्रअनुरूप पुनर्संरचना गरी लोकतन्त्रलाई व्यवहारत: अभ्यास गरौं र विकास गरौं। अन्यथा निरासा, आक्रोश, अनिश्चय र तरलताको परिणाम के होला?  समयमै सबैले सोचौं। परिणाम सधैँ सकारात्मक नै हुन्छ भन्न सकिन्न,’ उनले भनेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org