ताजा समाचार

एकतर्फी बैठक स्थगित हुँदैन, हामी बालुवाटारको बैठक कक्षमै छौंः प्रवक्ता श्रेष्ठ

काठमाडाैँ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबारका लागि तय भएको स्थायी कमिटी बैठक एकतर्फी रुपमा स्थगित गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्ष भने बैठकमा सहभागी हुन बालुवाटार पुगिसकेका छन्।

‘हामी तीन जना बालुवाटारको बैठक कक्षमै आइपुगेका छौं, दुई जना अध्यक्षको सहमतिमा मात्र बैठक स्थगित हुनसक्छ, एकजना अध्यक्षले मात्र रोक्न खोजेर रोकिँदैन,’ पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘अध्यक्ष प्रचण्डले बैठक रोकिँदैन भन्नुभएको छ।’

श्रेष्ठसहित स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा र लिलामणि पोखरेल बालुवाटार बैठक कक्षमै पुगिसकेका छन्।

अर्का एक नेताका अनुसार प्रचण्ड र मातृका यादव बालुवाटार पुग्ने क्रममा छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ११ बजेका लागि तय भएको बैठक सुरु हुने समयभन्दा आधाघन्टा अघि बैठक स्थगित भएको जानकारी सार्वजनिक गरेका थिए।
‘पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले, पार्टी स्थायी कमिटीको आज ११ः०० बजे हुने भनिएको बैठक स्थगित गरिएको छ,’ उनले भनेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org