ताजा समाचार

आजबाट देशैभरीका होटल व्यवसाय खुल्ने

काठमाडाैँ । लकडाउन सुरू भएदेखि बन्द भएका देशभरिका होटल तथा रेष्टुरेन्ट बिहीबारबाट खुल्ने भएका छन्।

सरकारले साउन १५ देखि तोकेका मापदण्ड पूरा गरेर होटल व्यवसाय खोल्न अनुमति दिने निर्णय गरेअनुसार आजदेखि खुल्ने भएका हुन्।

लकडाउन तथा बन्द अवधिको सेवा सुविधासम्बन्धी केही समयअघिमात्र व्यवसायी र मजदुरका संगठनबीच सम्झौता भएको थियो।

सरकारले आजदेखि खोल्न अनुमति दिए पनि पूरा क्षमतामा भने होटल खुल्ने छैनन्। व्यवसायीहरूका अनुसार ग्राहकको मागअनुसारमात्र खुल्ने छन्।

रेष्टुरेन्ट भने यसअघि नै खुलिसकेका छन्। सरकारले यसअघि सीमित क्षमतामा मात्र खोल्नका लागि अनुमति दिए पनि रेष्टुरेन्टहरूमा त्यो पालना भएको थिएन्।

तारे होटलहरूले भने यसअघि नै सन् २०२० को डिसेम्बरसम्म व्यापार आउने सम्भावना नभएकाले बन्दको घोषणा गरिसकेका छन्। यद्यपी बीचमै सीमित क्षमतामा होटल खोल्न सकिने सञ्चालकहरूले बताएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org