ताजा समाचार

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ९९ हजार पुग्यो

काठमाडौं । सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड बनाउँदै गएको छ ।

आज (बिहीबार) छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा करोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार छापावाल सुनसँगै तेजावी सुनको मूल्य पनि प्रतितोला ४९५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९८ हजार ६५ रुपैयाँमा कारोबार भएको तेजाबी सुन बिहीबार (आज) प्रतितोला ९८ हजार ५६० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य बढे पनि बिहीबार चाँदीको मूल्य भने स्थिर छ । बुधबार १२२५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी बिहीबार पनि प्रतितोला १२२५ रुपैयाँमै कारोबार भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org