खेलाडीको पीसीआर जाँच्न स्वास्थ्य मन्त्रालयमा क्यानको प्रस्ताव
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्ना सबै खेलाडीको पीसीआर परीक्षणका लागि स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरेको छ ।
प्रशिक्षण सुरु गर्नुअघि सबै खेलाडीको कोरोना परीक्षणका लागि मन्त्रालयमा प्रस्ताव गरेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।
उनले पीसीआर परीक्षणका लागि मन्त्रालयमा बुधबार प्रस्ताव गरेको बताए । तर, कुन दिन परीक्षण गर्ने भन्ने विषयमा कुनै प्रतिक्रिया नआएको क्यान सचिव प्याकुरेलले जानकारी दिए ।
“सरकारले भदौ १ गतेबाट प्रशिक्षण सुरु गर्न अनुमति दिने भनेको छ । हामी अहिले त्यसैको तयारीमा छौ,” क्यानका सचिव प्याकुरेलले भने, “यस्तो महामारीको समयमा खेलाडी कोही कतै, कोही कतै पुगेका छन् । त्यसैले पनि उनीहरूको पीसीआर परीक्षण आवश्यक भएको हो । हामीले खेलाडीको पीसीआर परिक्षणपछि मात्रै प्रशिक्षण सुरु गर्ने निर्णय गरेका छौ ।”
उनले परीक्षणपछि नतिजा नेगेटिभ आए खेलाडीले क्वारेन्टिनमा बस्न नपर्ने बताए । त्यसका लागि पहिले नै पीसीआर परीक्षणको पहल गरेको उनको भनाइ छ । क्यान सचिव प्याकुरेलले उपत्यकाबाहिर रहेका प्रायः खेलाडी आइसकेको जानकारी दिए । “प्रायः खेलाडी उपत्यका भित्रिइसक्नुभएको छ । आउन बाँकी दुई–चारजना मात्र हुनुहुन्छ । उहाँहरू पनि सबै विषयको व्यवस्था भएपछि काठमाडौं आइपुग्नुहुन्छ” उनले भने ।
खेलाडीको प्रशिक्षण सुरु गर्न एक साता पहिले पीसीआर परीक्षणका लागि सबैलाई डाक्ने तयारी भएको उनले बताए । हाल होटेलको व्यवस्थापन गर्न नसकेका कारण सबै खेलाडीलाई अगाडि नै बोलाउन नसकेको बताए ।
नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियामा त्रिकोणात्मक सिरिज खेल्न सक्ने सम्भावना बढेको छ । उक्त सिरिज सेप्टेम्बरमा आयोजनाका लागि नामिबियाले नेपाललाई प्रस्ताव गरेको जनाइएको छ । त्यसका लागि पनि क्यानले अध्ययन गरिरहेको छ ।
Comments
अरु समाचार
-
सुदूरपश्चिम प्रदेश महिला क्रिकेटको फाइनलमा
काठमाडौं । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले बागमती...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले...
-
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...
-
इन्डियन प्रिमियर लिग: राजस्थान रोयल्यसमाथि दिल्ली क्यापिटल्सको जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । अरुण जेटली स्टेडियममा भएको खेलमा...