कोरोना भाइरसको उच्च जोखिममा काठमाडौं उपत्यका
काठमाडौं । गत आइतवार प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भयो ।
कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणका आधारमा ७ दिनभित्र कार्यालयका ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
शुक्रबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रहरी हेटक्वारटरमा कार्यरत ७२ प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितहरुलाई एपीएफ अस्पतालमा राखिएको केन्द्रीय कार्यालयले जनाएको छ । मुख्य कार्यालयमै जोखिम बढेपछि थप सतर्कता भने अपनाइएको कार्यालयका प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए ।
सरकारले तोकेको मापदण्डअनुसार कार्यालय सञ्चालन भइरहेको बताउँदै कडायतले एउटै ब्यारेकमा बस्नेहरुमा संक्रमण देखिएको र उनीहरुलाई क्वारेन्टिनमा राखिएको बताए ।
‘संक्रमित बसेका कोठाहरु खाली गराएर डिस्इन्फेक्सन गरिरहेका छौं’ उनले खबरहबसँग भने, ‘त्यहाँ सील नै गर्ने गरेका छौं ।’
सुरक्षाका उपायहरु अपनाएर नियमित ड्युटी गरिरहेको बताउँदै उनले भने, ‘प्रहरी भनेको आफ्नोभन्दा पनि जनताको सुरक्षाका लागि खट्ने व्यक्ति हो त्यसकारण जोखिम मोलेरै काम गर्नुपर्छ ।’
संक्रमितहरुको कन्ट्याक्टमा आएकाहरुलाई पुलिस अस्पतालले नै पीसीआर विधिबाट परीक्षण गरिरहेको छ । यद्यपी कोरोना संक्रमणको लक्षण नदेखिएको तर आशंका गरिएकाहरु पनि अहिले सामाखुसीमा आफ्नै क्वारेन्टिनमा राखिएको कडायतले बताए ।
जोखिममा ट्राफिक प्रहरी
यता महानगरीय ट्राफिक महाशाखाले पनि प्रहरी कार्यालयमा कोरोना संक्रमितको संख्या बढेसँगै जोखिम बढेको जनाएको छ । हाल उपत्यकाका विभिन्न स्थानमा १ हजार ५ सय ४५ जना ट्राफिक प्रहरी ड्युटीमा खटिएका छन् ।
हालसम्म ट्राफिक प्रहरीलाई कोरोना नदेखिए पनि प्रहरी जवानहरुलाई साधन स्रोतहरु उपलब्ध गराइरहेको र सर्तकता अपनाइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
मास्क, स्यानीटाइजर, पञ्जा, फेस शिल्डलगायतका सामग्रीको प्रयोग गरी प्रहरीहरु ड्युटीमा खटिएको महाशाखाका एसएसपी भीम ढकालले जानकारी दिए ।
‘सडकमा मानिसहरुलाई नछोइ बस्नु भनेका छौं । ब्यारेकमा बस्दा पनि एक मिटरको दुरी कायम गर्न अनुरोध गरका छौं’ ढकालले खबरहबसँग भने, ‘नियमित ब्रिफिङको र सुरक्षित भए नभएको अनुगमन गर्ने काम समेत भइरहेको छ ।’
करिब ४ सय जना ट्राफिक प्रहरीलाई आफ्नो डेरा वा घर नजिकै भएको सडकमा ड्युटी राख्ने व्यवस्था गरेको छ । ‘ड्युटी जाने र डेरामा मुभ भइहाल्ने गरी खटाएका छौं’ उनले भने ।
माहाशाखाले करिब ३ सय जनालाई कोरोना परीक्षण पनि गराएको छ । यद्यपी अहिलेसम्म कुनै प्रहरी जवानलाई कोरोना पुष्टि भएको छैन ।
महाशाखाभित्र हेल्थ डेक्स राखिएको छ । जसले अनुगमन गर्ने र स्वास्थ्यको जाँच गर्ने काम गरिरहेको छ ।
उपत्यकामा कोरोनाको दर बढ्दै गएपछि जनशक्ति थप गरेको र ड्युटीलाई पुर्नविचार गरेको संक्रमण बढेसँगै परिचालन बढाएको उनको भनाई छ ।
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...
-
एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने, ११औँ महाधिवेशनसम्ममा १० लाख सदस्यता पुर्याउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर...
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...