ताजा समाचार

एक-एक जना साक्षी राखेर ओली र प्रचण्ड छलफलमा

काठमाडौं ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड ५ दिनपपछि छलफलमा बसेका छन्।

अहिले बालुवाटारमा छलफल जारी रहेको छ।

१० बजेबाट सुरु भएको छलफलमा नेकपाका बरिष्ठ नेता झलनाथ खनाल र महासचिव विष्णु पौडेल पनि सहभागी रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ। प्रचण्डले एक्लै ओलीसँग छलफलमा नबस्ने भनेपछि उनको तर्फबाट खनाल र ओलीको तर्फबाट पौडल पनि बैठकमा सहभागी भएको स्रोतले जनाएको छ।

साउन १३ गतेदेखि ओली र प्रचण्डबीच संवाद हुन सकेको थिएन। यसबीचमा दुई अध्यक्षबीच संवादको वातावरण बनाउन  विष्णु पौडेल र शंकर पोखरेलले दुवै जनासँग भेटघाट र छलफल गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org