अख्तियारमा काम गर्ने १५ जनामा कोरोना पुष्टि
काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत १५ प्रहरीको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।
डेढ सय बढी कर्मचारीको आइतबार स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको थियो। अख्तियार स्रोतका अनुसार स्वाब पठाइएका मध्ये १५ जनामा कोरोना पुष्टि भएको हो।
‘अख्तियारको प्रन्टलाइनमा कार्यरत १५ प्रहरी अधिकारीको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ’, स्रोतले भन्यो, ‘पहिलो चरणमा प्रन्टलाइमा कार्यरत कर्मचारीको स्वाब संकलन गरिएको थियो।’
यसअघि अख्तियारमा कार्यरत एक प्रहरी अधिकारी उपत्यकाबाहिर गएर फर्किएका थिए। उनमा कोरोना पोजिटिभ देखिएपछि अन्य सुरक्षाकर्मीसहित प्रन्टलाइनमा कार्यरत कर्मचारीको स्वाब संकलन गरिएको थियो।
१५ जनामा कोरोना पुष्टि भएपछि कन्ट्याक ट्रेसिङको काम सुरु भएको अख्तियार स्रोतको भनाइ छ।
नेपालमा कोरोना भाइरसको संक्रमण दर विस्तारै बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या २० हजार ७५० पुगेको छ। कोरोनाले ५७ जनाको मृत्यु भइसकेको छ।
Comments
अरु समाचार
-
आजको विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...