खुमलटार पुगेका नेम्वाङलाई प्रचण्डले भनेः ‘ओलीलाई पार्टी एकता विरोधी गतिविधि रोक्न सुझाव दिनुस्’
काठमाडौं । नेकपाका संसदीय दलका उप–नेता सुवास नेम्वाङले खुमलटारमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग छलफल गरेका छन् ।
पार्टी भित्रको आन्तरिक बिवादलाई अन्त्य गर्ने प्रयासस्वरुप नेम्वाङले प्रचण्डलाई भेटेका हुन् । दुई अध्यक्षबीचको संवादहीनता बढ्दै गएपछि दुई नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भेटमा प्रचण्डले पार्टी एकता विरोधी काम रोक्न आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ । असार १० गतेदेखि जारी नेकपाको स्थायी कमिटीको बैठक असार १८ गतेपछि बस्न सकेको छैन।
साउन १३ गते प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरेपछि अर्का कार्यकारी अध्यक्ष प्रचण्डले बहुमत २९ जना स्थायी कमिटी सदस्य लिएर सञ्चालन गरेका थिए। सोही दिनदेखि स्थगित बैठक अझै बस्नेरनबस्ने तय हुन सकेको छैन। प्रचण्ड पक्षका बहुमत सदस्य बैठक राखेर समाधान गर्नुपर्ने माग गरे पनि प्रधानमन्त्री ओलीले मानेका छैनन्। पार्टीको किचलो अन्त्य गर्न भन्दै वार्तामा जुटेका नेताहरुबीच कुनै सहमति जुट्न सकेको छैन। यसअघि मंगलबार भएको छलफलका क्रममा लगानी बोर्डको सिइओमा विवादास्पद व्यक्तिलाई नियुक्त गरेको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका थिए ।
त्यस्तै छलफलमा प्रचण्ड र खनालले स्थायी कमिटी बैठक बोलाउन जोड दिएका थिए भने ओलीले पहिला सचिवालय बैठक राखेर मात्र स्थायी कमिटी बस्नुपर्ने बताएका थिए । प्रचण्डपक्ष नेताहरु ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने पक्षमा छन् भने ओली भने अहिले नै दुवै पद नत्याग्ने पक्षमा छन् ।
साउन १३ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले स्थायी समिति बैठक एकलौटी स्थगित गरेको भन्दै प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालनिकटका २९ स्थायी कमिटी सदस्य र दुईजना आमन्त्रित सदस्यसहितको बैठकले ओलीसँग संवाद गर्न प्रचण्डलाई जिम्मा दिएको थियो ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...