ताजा समाचार

नेकपामा तीन गुट छन्, म कतै पनि छैन: उपाध्यक्ष गाैतम

- न्युज-नेपालसुशील भट्टलाई सिईओ मैले बनाएको होइन : वामदेव

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नरहेको स्पष्ट पारेका छन्।

शुक्रबार उपाध्यक्ष गौतमले एक प्रेस नोट जारी गर्दै आफूले राखेको ६ बुँदे प्रस्ताव त्यसकै उदाहरण रहेको समेत दाबी गरेका छन्।

‘अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तर्विरोध हल हुन नसक्दा तीन वटा विचार समूह बनेका छन्। यी समूहसँग क.केपी ओली, क.पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क.माधवकुमार नेपाल जोडिनु भएको छ,’उनले भनेका छन्,’म समूहगत रूपमा यी कसैसँग जोडिएको छैन र जोडिन पनि चाहन्नँ। तर क. ओली र क. प्रचण्डले भेट्न बोलाउँदा म जाने गरेको छु। सल्लाह सुझाव र राय पनि दिने गरेको छु। मैले आफूलाई स्वतन्त्र राख्ने कोशिस पनि गरेको छु पछिल्लो पटक मैले पार्टीमा राखेको ६ बुँदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो।’

‘पार्टी अध्यक्ष’ भनेको केबल व्यक्तिमात्र नभई पार्टीभित्रको सर्वस्वीकार्य संस्था रहेको भन्दै उनले त्यसैकारण पार्टी अध्यक्षहरू दुवै वा एक्लैले बोलाउँदा भेट्ने गरेको उल्लेख गरेका छन्।

‘मैले समय–समयमा भेट गरेको बेला क. ओलीकै अगाडि उहाँलाई गम्भीर आलोचना गर्ने गरेको छु। क . प्रचण्डलाई पनि उहाँकै अगाडि उहाँको आलोचना गर्ने गरेको छु,’उनले प्रेस नोटमा भनेका छन्,’पार्टी अध्यक्ष दुवै वा एक्लै बोलाएको बैठक वा भेलालाई मैले गुट मान्दिनँ। त्यसो भएर मलाई यो वा त्यो गुटसँग सम्बन्धित गराएर उल्लेख नगरिदिन अनुरोध गर्छु।’

‘लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई उक्त जिम्मेवारीका निम्ति मैले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको र मेरै जोडमा उनी नियुक्त भएका हुन् भन्ने कपोलकल्पित तथा भ्रामक खबर सवत्र व्याप्त पारिएको छ’ गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘तर, सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन्। यो मेरो सरोकार भन्दा बाहिरको विषय हो।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org