ताजा समाचार

थापागाँउमा प्रचण्डको ब्रिफिङ : बैठक सञ्चालन गर्न म तयार छु

काठमाडाैै ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद मिलाउन नेताहरु फेरि सक्रिय हुन थालेका छन् ।

झण्डै दुईसाता लामो संवादहीनता तोड्दै बिहान अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटघाट भएपछि समूहगत छलफल शुरु भएको छ ।

थापागाउँस्थित प्रसिडेन्सियल कलेजमा प्रचण्ड–नेपाल समूहका नेताहरु छलफलमा जुटेका हुन् ।

दुई अध्यक्षबीचको भेटघाट सकारात्मक भनेर दुवै अध्यक्षका सचिवालयले बताएपछि थापागाउँमा प्रचण्ड, वरिष्ठ नेताद्धय माधव नेपाल र झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेता छलफलमा जुटेका हुन् ।

छलफलमा प्रदेशस्तरका नेताहरुपनि सहभागी छन् । छलफलमा सहभागी एक नेताका अनुसार प्रचण्डले ओलीसँग भएको कुराकानीका विषयमा ब्रिफिङ गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org