मुन्दुम पदमार्गको विकासमा जुट्दै स्थानीय तह
काठमाडौं । सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग भोजपुरसहित तीन वटा जिल्लाका स्थानीय तह जुटेका छन् । ‘मुन्दुम भ्रमण वर्ष सन् २०२५’ घोषणा गरेर यो पदमार्गको विकास तथा विस्तारमा स्थानीय तह जुटेका हुन् ।
भ्रमण वर्षमा पदमार्गमा आन्तरिक र बाह्य गरी एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । भ्रमण वर्षलाई सफल बनाउनको लागि यो पदमार्गले समेटेका भोजपुर, खोटाङ र सोलुखुम्बुका स्थानीय तह आवश्यक गृहकार्यमा जुटेका छन् ।
पूर्वीक्षेत्रको एक मात्र सहज र सरल पदमार्गको रुपमा लिइने यो पदमार्गको विकासमा तीन वटा जिल्लाका स्थानीय तह एकजुट बनेर अघिबढेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए। मुन्दुम भ्रमण वर्ष सन् २०२५ मा एक लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको उनको भनाइ छ ।
‘मुन्दुम पदमार्गको थप विकास तथा विस्तारको लागि मुन्दुम भ्रमण वर्ष २०२५ मनाउने तयारीमा जुटेका छौँ’ अध्यक्ष बस्नेतले भने, ‘यसको लागि भोजपुर, खोटाङ र सोलुखुम्बुका पालिका एकजुट भएर अघि बढेका छौँ । यो भ्रमण वर्षमा एक लाख पर्यटक भित्र्याउने हाम्रो लक्ष्य छ ।’
भ्रमण वर्षलाई लक्षित गरेर पर्यटन प्रवर्द्धनको लागि मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ–४ नागीमा यहि माघ १ गतेदेखि ५ गतेसम्म ‘साँस्कृतिक, पर्यटन तथा कृषि मेला’को आयोजना गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए । उक्त कार्यक्रममार्फत मुन्दुम पदमार्गको प्रवर्द्धन र दिगो विकासका लागि यस क्षेत्रमा पर्ने पालिकाको साझा अवधारणापत्र सार्वजनिकसँगै संयुक्तरुपमा हस्ताक्षर गरिने उनको भनाइ छ ।
“मुन्दुम पदमार्गको विकासको लागि मेलाकोसमेत आयोजना गरिएको छ” अध्यक्ष बस्नेतले भने,” सो अवसरमा पदमार्गको विकासका लागि पालिकाको तर्फबाट अवधारणापत्र सार्वजनिक गरिने छ । मेलामा पर्यटकलाई लक्षित गरेर स्थानीय उत्पादनको प्रर्दशनी गरिनेछ ।”
भ्रमण वर्षलाई लक्षित गरेर यो पदमार्गले समेटेका स्थानीयसँग पटकपटक समन्वयत्मक बैठक गरिएको उनको भनाइ छ । संयुक्त बैठकबाट भ्रमण वर्षलाई सफल बनाउन आफ्नो तहबाट खेल्नुपर्ने भूमिका तथा गर्नुपर्ने कामको विषयमा निर्णय गरेर अघि बढेको अध्यक्ष बस्नेतले बताए।
यो पदमार्गको बृहत्तर विकासका लागि भोजपुरको टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, रामप्रसादराई गाउँपालिका, आमचोक गाउँपालिका, खोटाङको केपिलाशगढी गाउँपालिका, साकेला गाउँपालिका, दिक्तेल रुपकोट मझुवागढी नगरपालिका र सोलुको महाकुलुङ गाउँपालिका संयुक्त जुटेका हुन् ।
मुख्य सरोकारवाला सात वटा स्थानीय तहबीच भोजपुरको चखेवामा मङ्सिर ५ गते संयुक्त बैठक गरेर भ्रणम वर्षको तयारी थालिएको गाउँपालिकाले जनाएको छ । यो पदमार्गको थप विकास तथा विस्तारको लागि स्विस सरकार, केन्द्र सरकार, प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा यो वर्ष रु एक करोड ८५ लाख बराबरको काम गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिए ।
भ्रमण वर्षलाई केन्द्रीत गरेर पदमार्गको विस्तार, भौतिक संरचनाको निर्माणसँगै खानेपानी, शौचालय, विश्राम स्थललगायतको निर्माण थालिएको उनको भनाइ छ ।
भ्रमण वर्षमा आउने पर्यटकलाई लक्षित गरेर २३ जनालाई पदप्रर्दशकको आधारभूत तालिम दिइएको टेम्केमैयुङ–३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताए। पर्यटकलाई ढुक्क भएर सहज र सुरक्षित यात्रा गर्न सक्ने वातावरण निर्माण गरिएको उनको भनाइ छ ।
यो पदमार्गको यात्राको क्रममा चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला एक साथ हेर्न सकिने पर्यटन व्यवसायीको भनाइ छ ।
पदमार्गको आसपासमा निर्माण भएका किराँतको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूला–ठूला घाँसे मैदान, स्थानीय गोठवालाले पालेका चौरी, भेडीगोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पार्ने गरेको छ ।
अग्ला हिमश्रृङखला, पहाडका अग्ला डाँडा, तराइका समथर फाँटको मनोरमदृश्य अवलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले मुन्दुम पदमार्गमा पर्यटकको सङ्ख्या बढेको छ ।
यो पदमार्गमा बढी मात्रामा भदौ, असोज, कात्तिक र मङ्सिर महिनामा पर्यटक आउने स्थानीयवासीको भनाइ छ । प्राकृतिक सुन्दरताले मनमोहक दृश्यावलोकन गर्न साथै हावापानीको हिसाबले हिमालमा जस्तो ठण्डा र तराई जस्तो गर्मी नहुने सन्तुलित हावापानी रहेकोले यो क्षेत्र पर्यटकको रोजाइँमा पर्ने गरेको छ ।
यो पदमार्गमा भोजपुरको सबैभन्दा अग्लो चार हजार एक सय ५३ मिटर उचाइँमा रहेको सिलिचुङ चुचुरोसम्म पुग्न सकिन्छ । यो पदमार्गको नाम किराँत संस्कृतिबाट राखिएको छ ।
Comments
अरु समाचार
-
नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन
सिमकोट (हुम्ला): नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा क्षेत्रको संयुक्त अनुगमन गरेका छन् । उत्तरी नाम्खा गाउँपालिका–५ हिल्साको किट...
-
शीतलहरसम्बन्धी कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्न ध्यानाकर्षण
काठमाडौँ: तराईका अधिकांश जिल्लामा शीतलहर बढ्न थालेको र हिमाली क्षेत्रमा पनि हिमपात भइरहेकाले त्यससम्बन्धी कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयको...
-
आजको राशिफल : २०८१ माघ १३ गते आइतवार
मेष: नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न...
-
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
काठमाडौँ: पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको...
-
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
कास्की: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनसहित खेलकुदको केन्द्र बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ...
-
सिवाईसी नेपाल लघुवित्तको साधारणसभा सम्पन्न, विपन्न नागरिकको हितलाई ध्यान दिइने
पोखरा । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले...
-
चिसो र बाक्लो हुस्सुका कारण तराईको जनजीवन प्रभावित
काठमाडौं । केही दिनदेखि बढेको चिसोका कारण तराई मधेशको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण...
-
बाँसखर्कमा सुन्तला महोत्सव : अतिथिलाई सुन्तलाकै माला, सुन्तला नै उपहार
म्याग्दी: म्याग्दीको सदरमुुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव भएको छ । महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधि...
-
नवलपुरमा किसानको तोरी खेतीप्रति आकर्षित बढ्दो
मध्यविन्दु (नवलपरासी): नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको...