कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ११३ पुग्यो
काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो पटक नेपालमा थप ६ जनाको मृत्यु भएको छ।
कास्कीमा २ जना र ललितपुर, काभ्रे, मोरङ र बाँकेमा एक/एक जनाको मृत्यु भएको हो। कास्कीमा आज विहान पौने ११ बजे ८७ वर्षीय वृद्धको मृत्यु भएको छ। पोखरा महानगरपालिका १६ का ती वृद्ध कोरोना पुष्टि भई हिजो पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठान कोभिड १९ उपचार केन्द्रको आइसीयुमा भर्ना भएका थिए। उनको उपचारका क्रममा आज मृत्यु भएको प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ।
मधुमेह, मृगौला लगायत दीर्घ रोगबाट पीडित उनी उच्च ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए। योसहित गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ। यस अघि आज विहान पोखरामा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको छ। तनहुँ ब्यास नगरपालिका–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको अस्पतालका सञ्चालक डाक्टर पदम खड्काले जानकारी दिए। उनको कोरोना परीक्षणको रिपोर्ट आज विहान आएको हो। महिलामा मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या र निमोनिया रहेको डाक्टर खड्काले जानकारी दिए। ती महिलाकी छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। घरमा छोरी र उनि मात्रै बस्दै आएका थिए।
यसै गरी ललितपुर स्थित पाटन अस्पतालमा पश्चिम नवलपरासीका ३७ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो। उनमा प्रादेशिक अस्पताल भैरहवामा साउन २८ गते कोरोना पुष्टि भएको थियो। उनको पाटन अस्पतालमा उपचारका क्रममा आज विहान मृत्यु भएको हो । बुटवलस्थित युनिभर्सल मेडिकल कलेजमा पीत्तथैलीको अपरेशन गराएका उनको अपरेशन लगत्तै कोरोनासँग मिल्दाे जुल्दाे लक्षण देखिएपछि परिक्षण गराउँदा कोरोना पुष्टि भएको थियो। बिरामीको अवस्था जटिल भएपछि प्रादेशिक अस्पताल भैरहवाले पाटन अस्पताल रेफर गरेको हो। उनी नवलपरासी पश्चिमका नेपाली कांग्रेसका उपसभापति रहेको संघीय सांसद तथा नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले जानकारी दिए।
यसैगरी, बाँकेमा कोरोना संक्रमणले गएराति एक जनाको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुषको गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। उनका अनुसार मृतकमा निमोनियाको समस्या थियो। गत शुक्रबार कोरोनाको लक्षण देखिएपछि परिवारका सदस्यले आइतबार उपचारका लागि नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल भर्ना गरेका थिए। अस्पतालमा कोरोना परीक्षण गर्दा हिजो दिउँसो पोजेटिभ रिपोर्ट आएको थियो। योसँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ। कोरोनाका कारण काभ्रेको धुलिखेल अस्पतालमा आज विहान एक वृद्धको मृत्यु भएको छ। धुलिखेल नगरपालिका–७ का ९८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले जानकारी दिए। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी मधुमेह र दमका रोगी रहेको अस्पतालले जनाएको छ।
मृतकका छोरा बुहारी दुवैमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै कोशी अस्पतालमा ४७ वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको छ। आइतबार साँझ अस्पताल भर्ना भएका विराटनगर महानगरपालिका ८ का संक्रमितको सोमबार साँझ ५ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट चुमनलाल दासले बताए। अस्पतालमा भर्ना हुनासाथ मृतकको स्वाब संकलन गरिएको थियो।
बिहान कोरोना पोजेटिभ आएको थियो। उनका अनुसार मृतकमा पहिलेदेखि फोक्सो समस्या थियो। उनमा ज्वरो,खोकी र श्वासप्रश्वासको समस्या थियो। योसँगै विराटनगरको कोशी अस्पतालमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ९ पुगेको दासले जानकारी दिए। पछिल्लो पटक मृत्यु भएका ६ जनाकै भने स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले पुष्टि गरेको छैन्।
Comments
अरु समाचार
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...