लिवर्टी इनर्जीको आजदेखि साधारण शेयर बिक्री शुरु
काठमाडाैँ ।लमजुङमा आयोजनास्थल रहेको माथिल्लो दोर्दी एक जलविद्युत् आयोजनाको प्रवद्र्धक लिवर्टी इनर्जी कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री शुरु गरेको छ ।
कम्पनीले सर्वसाधारणका लागि रु ३५ करोड ६४ लाख ९३ हजार बराबरको ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीको साधारण शेयर आज भदौ ३ गतेदेखि चाँडोमा भदौ ७ र ढिलोमा भदौ १७ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।
कम्पनीको साधारण शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।
कम्पनीले प्रतिकित्ता रु १०० दरका शेयरमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिनसक्ने व्यवस्था गरेको छ । हाल कम्पनीको अधिकृत पूँजी रु एक अर्ब ५० करोड र चुक्ता पूँजी रु एक अर्ब १२ करोड ५० लाख छ । साधारण शेयर बिक्रीपछि कम्पनीको चुक्ता पूँजी रु एक अर्ब ५० करोड पुग्नेछ ।
कम्पनीले हाल २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आगामी तीन महिनाभित्र आयोजनाले विद्युत् उत्पादन थाल्ने कम्पनीका सञ्चालक राम पाण्डेले जानकारी दिए ।
आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा विभिन्न नौ वटा बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् ।
आयोजनाको कूल भौतिक प्रगति ९८ प्रतिशत रहेको छ । सोही कम्पनीले बाग्लुङ जिल्लामा २४ मेगावाट क्षमताको बडिगाड खोला जलविद्युत् आयोजना निर्माण गर्ने तयारी थालेको छ ।।
Comments
अरु समाचार
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा...
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...