गुगल डाउन : जिमेल र गुगल ड्राइभमा विश्वभर समस्या
एजेन्सी । विश्वकै सबैभन्दा ठूलो प्रविधि कम्पनीमा एक गुगलका कयौँ सेवा विश्वभर डाउन भएको छ।
कम्पनीको जिमेल सर्भिस र गुगल ड्राइभ सर्भिस बुधबारदेखि नै विश्वभर डाउन भएको हो। जसका कारण युजरले अनेकौं समस्या झेल्नु परेको छ। जिमेलमा फाइल एट्याच नहुने सबैभन्दा ठूलो समस्या देखिएको छ। गुगलका यी दुवै सर्भिसमा समस्या डेस्कटपका एपमा पनि देखिएको छ।
कम्पनीले पनि यस कुराको पुष्टि गरेको छ। यस सम्बन्धमा ट्विटरमा पछिल्लो एक घण्टामा लाखौं प्रयोगकर्ताले गुगललाई गुनासो गरेका छन्। बुधवार, १९ अगस्टदेखि नै जिमेलमा फाइल एट्याच भइरहेको छैन।
जिमेलमा फाइल एट्याच गर्न खोज्दा बारम्बार जम्प गरिरहेको छ। त्यसपछि फेरि एट्याच हुन खोज्छ। यो समस्या बिहीबार पनि हल भएको छैन। यता कम्पनीले यस समस्याको जाँच सुरू गरेको छ। गुगलका अनुसार गुगल मिट, गुगल भ्वाइस र गुगल डक्समा देखिएको प्राविधिक समस्याका आधारमा नयाँ अपडेट थालिएको छ। अर्कातिर कयौँ प्रयोगकर्ताहरूले युट्युबमा भिडियो अपलोड नभएको पनि गुनासो गरिरहेका छन्।
Comments
अरु समाचार
-
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु
काठमाडौं । सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ । 'दुर्भाग्यवस उहाँ जेलको...
-
इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु
काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको...
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक...
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...