मौरिससका तर्फबाट नेपालको वाणिज्यदूतमा ईप्पानका उपाध्यक्ष तथा जलविद्युत् उद्यमी कार्की नियुक्त
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ, नेपाल (ईप्पान) का उपाध्यक्ष तथा जलविद्युत् उद्यमी गणेश कार्की गणतन्त्र मौरिससका तर्फबाट नेपालका लागि वाणिज्यदूत नियुक्त भएका छन् ।
नेपाल तथा मौरिससको मन्त्रिपरिषद्को निर्णय अनुसार कार्कीलाई वाणिज्यदूत नियुक्त गरिएको हो ।
मौरिससले पठाएको पत्रको आधारमा नेपालस्थित परराष्ट्र मन्त्रालयले कार्कीलाई बिहीबार (भदौ ४ गते) देखि काम सुरु गर्न भन्दै नियुक्तिपत्र दिएको छ ।
उनको कन्सुलर क्षेत्र २०८१ भदौ ३ गते (सन् २०२४ अगष्ट १९) सम्म काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) कायम रहने उल्लेख छ ।
परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले हस्ताक्षर गरेको नियुक्तिपत्रमा भनिएको छ– गणतन्त्र मौरिससका राष्ट्रपति महामहिम पृथ्वीराजसिं रुपुनद्वारा जारी मिति ४ जुन, २०२० को समादेश पत्रमार्फत काठमाडौं उपत्यकामा अवस्थित हुने गरी श्री गणेश कार्कीलाई अवैतनिक वाणिज्यदूत सम्बन्धी नियमावली, २०३९ बमोजिम मौरिससको अवैतनिक वाणिज्यदूत पदमा स्वीकार गर्दै नेपाल सरकारको तर्फबाट यो अनुमति जारी गर्दछु ।
अवैतनिक वाणिज्यदुत सम्बन्धी नियमावली, २)३९ को नियम १३ अनुसार आफ्नो कार्यालयमा तथा तोकिएको अवस्थामा सवारी साधनमा सम्बन्धित मुलुकको झण्डा प्रयोग गर्ने एवं लेखापढी तथा मनसुलर मामिलामा प्रतिनिधित्व गर्ने अधिकार रहने र भन्सार सहुलियत एवं अन्य देवानी, फौजदारी तथा प्रशासनिक मामिलाका हकमा नेपाली नागरिकहरू सरह नै व्यवहार हुने नियुक्तिपत्रमा उल्लेख छ ।
पत्रमा भनिएको छ– कार्कीलाई उल्लेखित क्षेत्रभर आफ्नो कन्सुलर कार्य समपादन गर्न तथा तत् प्रकारका अधिकारीहरूलाई प्रचलित नेपाल कानुन अनुरूप सुविधा उपभोग गर्नसमेत नेपाल सरकार स्वीकार गर्दछ । आफूले नेपाल र मौरिससबीच व्यापार विस्तार, पर्यटन प्रवर्द्धन तथा दूतावासको भूमिका समेत निर्वाह गर्ने कार्कीले बताए ।
‘नेपालमा मौरिससको दूतावास छैन, त्यसले गर्नुपर्ने काम तथा सहजीकरण गर्न मैले पहल गर्नेछु,’ उनले शुक्रबार ऊर्जा खबरसँग भने, ‘अधिकांश जनसंख्या हिन्दू रहेको अफ्रिकी मुलुक मौरिसस पर्यटनका लागि आकर्षक ठाउँ हो । त्यहाँबाट नेपालमा पर्यटन भित्र्याउनका लागि पनि मैले सक्दो प्रयास गर्नेछु ।
पछिल्लो दशक कार्की जलविद्युत् व्यवसायमा सफल नाम हो । उनको लगानी रहेका वा उनी संलग्न आधा दर्जन आयोजनाबाट विद्युत् उत्पादन भइसकेको छ । त्यति नै आयोजना निर्माणाधीन छन् । उनको लगानी रहेको दोलखामा निर्माण भएको २५ मेगावाटको सिंगटीबाट परीक्षण उत्पादन भइसकेको छ ।
Comments
अरु समाचार
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
चक्रवात “यागी”का कारण दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ
काबठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको...