सरकारले जुनसुकै अस्पताललाई पनि कोरोना डेडिकेटेड बनाउन सक्ने, विरोध गरे कारबाही
काठमाडौं । सरकारले निजी अस्पताललाई पनि कोभिड अस्पताल (उपचार केन्द्र) मा रुपान्तरण गर्ने गरी निर्णय लिएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए। काठमाडौंसहित देशका प्रमुख सहरी क्षेत्रमा कोरोना तीव्र गतिमा फैलिँदै गएपछि मन्त्रिपरिषद्ले जुनसुकै अस्पताललाई नियन्त्रणमा लिएर कोभिड उपचार केन्द्रमा परिणत गर्ने निर्णय गरेको हो। अहिले केही अस्पतालले बिरामीको उपचार गर्नै छाडेका छन्।
कोभिडका बिरामीको पनि परीक्षण गरेर रेफर गर्ने क्रम बढेको छ’, उनले भने, ‘अब कोभिडका बिरामीको उपचारका लागि सरकारले जुनसुकै अस्पताल नियन्त्रणमा लिन सक्ने गरी निर्णय लिएको छ।’ खतिवडाले अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीका लागि सरकारी, सार्वजनिक र सामुदायिक अस्पतालका अतिरिक्कत निजी, सहकारी र गैरनाफामुलक अस्पताल पनि प्रयोग गर्न सकिने बताए। ‘आवश्यकता अनुसार कुनै पनि अस्पताललाई कोभिड १९ को मात्रै उपचार केन्द्र बनाउन सकिनेछ’, उने भने, ‘यस कार्यमा असहयोग र बाधा, विरोध गर्नेलाई कडा कारवाही गरिनेछ।
‘ उनले अहिले महामारीको अवस्थामा रहेकाले देशका सबै स्वास्थ्य संयन्त्र परिचालित हुनुपर्ने बताए। ‘महामारीको अवस्थामा रहेका छौं, यो अवस्थामा स्वास्थ्य क्षेत्रका सबै संयन्त्रहरु परिचालित गर्नुपर्ने छ’, उनले अगाडि भने, ‘सुविधाको मात्रै उपचार गर्ने र असुविधाको उपचार नगर्ने भन्ने हामीलाई मौका छैन। कोभिडको मात्रै बिरामी हेर्छु, अर्को हेर्दिनँ भन्न थालियो भने हामीले पार लगाउन सक्दैनौं।’ उनले कोरोनाले महामारीको रुप लिइसकेकाले अब कोरोनाका डेडिकेटेड अस्पताल थपिने बताए। ‘कोरोना डेडिकेटेड अस्पताल मात्रै बनाउने निर्णय भएको छ।
अब जतासुकै कोरोनाको उपचार गरेर हुँदैन, कोभिडको मात्रै उपचार गर्ने अस्पताल थप्दैछौं’, उनले भने, ‘त्यसका लागि निजी अस्पतालमा पनि प्रयोगमा ल्याउँछौं। सबै स्वास्थ्य संस्थाले यो निर्णय पालना गर्नु पर्छ। यो सरकारको आदेश हो।’ खतिवडाले अस्पतालैपिच्छे बिरामी धाइरहने अवस्ता अन्त्य गरिने बताए। ‘अस्पतालै पिच्छे बिरामी धाइरहनुपर्ने अवस्था रहनु हुँदैन’, उनले भने, ‘बिरामी भर्ना नगर्ने भन्ने हुँदैन। परीक्षण मात्रै गरेर बिरामी रेफर गर्ने क्रम पनि अब अन्त्य हुन्छ।
Comments
अरु समाचार
-
आजको विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छभने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ ।...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...