ताजा समाचार

नेकपामा पाैडेल नेतृत्वको कार्यदलले बुझायो प्रतिवेदन, के छ प्रतिवेदनमा ?

काठमाडौँ । नेकपाको आन्तरिक विवाद मिलाउन गठित कार्यदलले आफ्नो काम सम्‍पन्‍न गरेको छ ।

शनिबार बिहानैदेखि बालुवाटारमा बसेको कार्यदलको बैठक अपराह्‍न ३ बजे सम्‍पन्‍न भएको हो । बैठकले प्रधानमन्त्रीको राजीनामाको मागलाई थाती राख्‍ने, सैद्धान्तिक तथा अन्य विवादलाई महाधिवेशनले टुंगो लगाउने लगायत सुझावसहितको रिपोर्ट तयार पारेको छ ।

उक्त रिपोर्ट शनिबार साँझ ५ बजे नै पार्टी अध्यक्षहरुलाई बुझाउने कार्यदलका एक नेताले जानकारी दिए ।

नेकपाले पार्टीमा जारी विवाद समाधानका लागि नेताहरु विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, पम्फा भुसाल र जनार्दन शर्माको ६ सदस्यीय कार्यदल गठन गरेको थियो । सोही कार्यदलले शनिबार आफ्नो काम सम्पन्न गर्दै रिपोर्ट तयार पारेको हो ।

यस्तो छ कार्यदलको सुझाव :

– प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागलाई थाती राख्ने तथा स्थायी समितिको एजेन्डामा आधारित भएर छलफल अघि बढाउने ।

– सैद्धान्तिक तथा विवादित अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने ।

– आगामी चैतमा महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने ।

– सरकारको नेतृत्व ओलीले र पार्टी सञ्चालन प्रचण्डले गर्ने ।

– सरकारको उपस्थिति र भमिकालाई प्रभावकारी बनाउन संघीय मन्त्रीपरिषद् र प्रदेश सरकारमा केही हेरफेर गर्ने ।

– कोरोना संक्रमणको अवस्था सहज भएपछि केन्द्रीय समिततिको बैठक बोलाउने । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org