सीपीएल : सन्दीप र रसेलको उत्कृष्ट प्रदर्शन, टोलीको लज्जास्पद हार
एजेन्सि । क्यारेबिन प्रिमियर लिग(सीपीएल) मा यस सिजनको टोलीको तेस्रो खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले निकै उत्कृष्ट बलिङ गरेका छन् । तर उनको टोली जमैका ताल्लवाशले नराम्रो हार व्यहोरेको छ।
आइतबार बिहान भएको खेलमा जमैकाले गुयना अमेजन वारियर्ससँग प्रतिस्पर्धा गरेको थियो ।
ब्रायन लारा मैदानमा टस जितेर पहिले बलिङ रोजेको जमैकाले गुयना अमेजनलाई ११८ रनमा मात्रै सीमित गर्न सफल भएको थियो । १९.१ ओभरमा सबै विकेट लिएको थियो । तर जवाफी ब्याटिङमा उत्रिएका जमैकाका ब्याट्सम्यानले पूरा २० ओभर खेल्दा ७ विकेट गुमाएर १०४ रन मात्रै बनाउन सके । टोली १४ रनले पराजित हुन पुग्यो ।
सन्दीपले पूरा ४ ओभर बलिङ गर्दा जम्मा ८ रन मात्रै दिएर २ विकेट लिन सफल भए । सुरुमा आक्रामक ब्याटिङ गरेका गुयना अमेजनका ओपनरले ५ ओभरमै ५५ रन बनाएका थिए । छैटौं ओभरमा अफगान्स्तिानका युवा बलर मुजिब रहमानले २ विकेट लिएपछि अमेजनको ब्याटिङ सुस्त भएको थियो । ७औं ओभरमा आन्द्रे रसेल र ८औं ओभरमा मुजीवले थप एक विकेट लिए ।
९औं ओभरमा सन्दीप बलिङमा आए उनले २ रन मात्रै दिए । त्यसपछि ११ ओभरमा १ विकेट लिँदै जम्मा १ रन लिए । १३औं ओभरमा ३ रन दिए । १५औं ओभरमा १ विकेट लिँदै एक वाइडसहित २ रन दिए । सन्दीपको ओभर सकिँदा विपक्षी टोलीले ९४ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो ।
झिनो लक्ष्य पछ्याएको जमैकाले पहिलो बलदेखि नै विकेट गुमाउन पुग्दा दवावमा पर्यो । सुरुवातमा निरन्तर विकेट गुमाएपछि १२.४ ओभरमा ५ विकेट गुमाएर ४८ रन मात्रै बनाएको अवस्थामा क्रिजमा आएका आन्द्रे रसेलले ३७ बलमा ५२ रन बनाएर नटआउन रहन सफल भएपनि टोलीलाई जितसम्म पुर्याउन सकेनन । ८औं नम्बरमा ब्याटिङमा आएका सन्दीप ३ बलको सामना गर्दा कुनै रन नबनाइ आउट भए ।
पहिलो खेलमा जित निकालेको जमैकाले पछिल्ला २ खेलमा हार व्यहोरेको छ ।
Comments
अरु समाचार
-
साविक उपाधि विजेता चेन्नेइलाई स्तव्ध पार्दै बेंग्लुरु आईपीएलको प्लेअफमा
काठमाडौं । चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ। गएराति...
-
सुदूरपश्चिम प्रदेश महिला क्रिकेटको फाइनलमा
काठमाडौं । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले बागमती...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले...
-
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...