ताजा समाचार

ओली-प्रचण्डको भेटवार्ता स्थगित, यस्तो छ कारण

काठमाडाैँ ।  प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटको समय अनिश्चित भएको छ।

सोमबार विहान भेट तय भइ पनि अहिलेसम्म प्रधानमन्त्री ओलीबाट कुनै खबर नआएको प्रचण्ड निकट स्रोतले जनाएको छ।

‘हामी तयारी अवस्थामा छौं, प्रधानमन्त्रीको खबर आएको छैन’, खुमलटार स्रोतले भन्यो, ‘उहाँ (प्रधानमन्त्री) व्यस्त भएको भन्ने खबर छ, उताबाट खबर आएपछि जाने हाम्राे योजना छ।’

नेकपाभित्रको विवाद समाधानको लागि गठन गरिएको ६ सदस्यीय कार्यदलले शनिबार १७ पृष्ठ लामो प्रतिवेदन दुई अध्यक्षलाई बुझाएको थियो। प्रतिवेदनमा ओलीले पाँचैवर्ष सरकारको नेतृत्व गर्ने र प्रचण्डको अधिकार वृद्धि गरी पार्टी सञ्चालन गर्नपर्ने सुझाव दिएको छ।

सोही प्रतिवेदनलाई अध्ययन गरेर सचिवालय बैठकमा पेश गर्नको लागि ओली र प्रचण्डबीच भेट गर्ने तय भएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org