कार्यदलको प्रतिवेदनप्रति नेपाल समूह असन्तुष्टः ‘ओलीलाई रिझाउन ‘एक व्यक्ति, एक पद’को कुरा हरायो’
काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आन्तरिक विवाद मिलाउन बनाएको कार्यदलको प्रतिवेदनप्रति नेता माधवकुमार नेपाल समूहले आपत्ति जनाएको छ ।
‘एक व्यक्ति, एक पद’ को मुख्य सर्त नै छाडेर प्रतिवेदन बुझाएको भन्दै नेपाल समूहले आपत्ति जनाएको छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री फरक–फरक व्यक्ति हुनुपर्ने नेपाल समूहको लाइनविरुद्ध कार्यदलले प्रतिवेदन तय गरी बुझाएको छ ।
‘दुई अध्यक्षलाई रिझाउन मात्रै प्रतिवदेन बनाएजस्तो देखियो,’ नेपालनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘प्रतिवेदनप्रति हाम्रो असहमति छ ।’
कार्यदलले शनिबार १७ पृष्ठको १७ बुँदे प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको थियो । प्रतिवेदन बनाउन दुई अध्यक्षले ३० साउनमा ६ सदस्यीय कार्यदल बनाएका थिए । कार्यदलमा नेपाल समूहबाट स्थायी कमिटी सदस्यद्वय भीम रावल र सुरेन्द्र पाण्डे सहभागी थिए ।
नेपाल समूहले ५ असोज २०७५ सालमा ७ वटै प्रदेशका अध्यक्ष, सचिव, इन्चार्ज र सहइन्चार्ज तोक्दादेखि नै ‘एक व्यक्ति एक पद’को कुरा उठाउँदै आएको थियो ।
१० असारदेखि भएका स्थायी कमिटी बैठकमा ‘एक व्यक्ति, एक पद’ हुनुपर्ने भन्दै अधिकांश सदस्यले प्रधानमन्त्रीको राजनीमा मागेका थिए । तर, कार्यदलले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाइराख्ने गरी बुझाएको छ ।
नेपाल समूहबाट कार्यदलमा सहभागी सदस्य सुरेन्द्र पाण्डे भन्छन्, ‘एक व्यक्ति, एक पदका बारेमा निकै ठूलो छलफल भयो । तर, तत्कालका लागि हामीले दिएको विकल्प नै ठीक लाग्यो ।’
के छ प्रतिवेदनमा ?
प्रतिवेदनको ४ नम्बर बुँदामा पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने भनिएको छ । उपबुँदा १ मा भनिएको छ, ‘सही र समयोचित सिद्धान्त, विचार र नीतिको मार्गदर्शनमा अघि बढेको र अतुलनीय त्याग एवं बलिदानको जगमा निर्माण भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शक्ति र सामर्थ्यलाई ठीक ढंगले बुझ्न नसक्दा समस्या उत्पन्न भएको छ । विगतमा विभिन्न सन्दर्भमा नेतृत्व तहबाट गम्भीर प्रकृतिका गल्ती, कमजोरीहरु हुन पुगे ।
अब सम्बन्धित सबैले आ–आफ्ना गल्ती, कमजोरीप्रति आत्मसमीक्षक र आत्मालोचित हुँदै भविष्यमा त्यस प्रकारका गल्ती, कमजोरीहरु दोहोरिन नदिने प्रतिज्ञा गर्नुपर्छ । अतीतमुखी होइन, भविष्यमुखी भएर वर्तमानका चुनौतीलाई बेवास्ता गरेर होइन, तिनलाई सामना गर्ने सही निष्कर्ष र सार्थक योजनाका साथ अघि बढेर जनताले सुम्पिएको अभिभारा पूरा गर्दै मुलुकको उज्वल भविष्य सुनिश्चित गर्न संकल्पबद्ध हुनपर्दछ । केन्द्र सरकार, प्रदेश सरकार र अधिकांश स्थानीय तहमा नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सुदृढ एकता देश र जनताको हित र सवलिकरणका लागि अत्यावश्य रहेको छ भन्ने सत्यबोध गर्नुपर्छ । जनता र राष्ट्रको हितमा समर्पित, निःस्वार्थ एवं सिद्धान्तनिष्ठ एकताको पक्षमा दृढ निश्चयका साथ उभिनुपर्दछ ।’
त्यस्तै, उपबुँदा ३ मा भनिएको छ, ‘तसर्थ विगतका अन्तरविरोध एवम् अनुभवहरुबाट शिक्षा लिँदै पार्टी एकताको मर्म र भावना, दुई पार्टीबीच एकता गर्दाका सहमतिहरु र संस्थागत रु.रूपमा तय गरिएका विचार, नीति, विधि र पद्धति अनुशरण एवं कार्यान्वयन गर्नुपर्दछ । कार्यान्वयन हुन बाँकी रहेका विगतका निर्णयहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्दछ । सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीलगायत समस्त पार्टी पंक्तिलाई विधि, पद्धति र संस्थागत निर्णयका आधारमा सञ्चालन गर्नुपर्दछ । कम्युनिस्ट पार्टीको जीवन, विचार र विधिमा आधारित हुन्छ र सिर्जित समस्याको समाधान पनि संस्थागत प्रणालीअन्तर्गत खोज्नुपर्दछ भन्ने मान्यतालाई पालना गर्नुपर्छ ।’
Comments
अरु समाचार
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...