ताजा समाचार

कोरोना संक्रमित ३४ हजार नाघे, बुधबार थपिए ८८५ जना

काठमाडौं : देशभर कोरोना संक्रमितको संख्या ३४ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ८५ जना नयाँ संक्रमित थपिएका छन्।

बुधबार ८ सय ८५ जना संक्रमित थपिएसँगै देशभर कूल संक्रमितको संख्या ३४ हजार ४ सय १८ नाघेको गौतमले बताए। गौतमका अनुसार बुधबार भेटिएका संक्रमितमध्ये २९९ महिला र ५ सय ८६ जना पुरुष रहेका छन्।  गौतमका अनुसार देशभर पछिल्लो २४ घण्टा १३ हजार ५ सय ५३ जनाकाे परीक्षण गरिएको छ।

यस्तै ९ हजार ८ सय ३२ देशभरका क्वारेन्टाइनमा छन्। यसैगरी ६०२८ जना होम आइसोलेसनमा रहेका गौतमले बताए। यसैगरी प्रदेश २ को सर्लाहीमा १ सय २० संक्रमित थपिएका छन्। देशभरबाट पछिल्लाे २४ घण्टामा २ सय ८५ संक्रमित डिस्चार्ज भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org