ताजा समाचार

किस्ट अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु

काठमाडौं । ललितपुरमा रहेको किस्ट अस्पतालमा उपचाररत अर्घाखाँचीका ५५ वर्षीय कोरोना संक्रमितको एक पुरुषको मृत्यु भएको छ ।

अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको  मृत्यु गएराति भएको छ ।

ती संक्रमित भदौ ७ गते अस्पतालमा कोरोनाकै लक्षणसहित भर्ना भएका थिए । उनको पीसीआर परीक्षण गर्दा ९ गते संक्रमण देखिएको उनले जानकारी दिए ।  उनले भने, “भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको हो ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org