रक्षा मन्त्री पोखरेल र गृहमन्त्री थापा आइसोलेसनमा
काठमाडाेँ । उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन्।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को कार्यालय रहेको छाउनीमा भित्र बाहिर गर्ने एक कर्मचारीलाई संक्रमण भएकाले दुबै मन्त्री आइसोलेसनमा बसेका हुन्।
‘उहाँहरू दुबै जना छाउनी गइरहनुहुन्छ। भित्र-बाहिर गर्ने एक कर्मचारीलाई कोरोना भाइरस भएको पुष्टि भयो,’ स्रोतले भन्यो,’आजै थाहा भएकाले होम आइसोलेसनमा बस्नुभएको छ। अब पिसिआर परिक्षण पनि हुन्छ होला।’
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा आइसोलेसनमा बसेसँगै नेकपा सचिवालय बैठक पनि सरेको छ।
भदौ १३ गतेका लागि तय भएको बैठक पोखरेल र थापाकै कारण १८ गते बस्ने भएको छ।
यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल होम आइसोलेसनमा बसेका कारण बैठक १३ गतेका लागि बोलाइएको थियो।
बैठकमा नेकपा विवाद समाधानको सुझाव दिन गठित कार्यदलको प्रतिवेदनबारे छलफल हुने भनिएको थियो।
Comments
अरु समाचार
-
गिरीबन्धु टी-स्टेटलाई व्यवस्थित गर्न तत्कालीन प्रधानमन्त्री ओलीको नीतिगत निर्णय : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटमा नीतिगत निर्णय गरेको ठोकुवा गरेका छन्...
-
प्लाष्टिकका झोला प्रयोगकर्ता तथा उत्पादकलाई जरिवाना
काठमाडौं । तनहुँको व्यास नगरपालिकाले प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोग गर्ने प्रयोगकर्ता, बिक्रेता र उत्पादकलाई जरिवानाको व्यवस्था गरेको छ । नगरपालिकाले...
-
वैशाखमा आगलागी र वन डढेलोबाट २६ जनाको मृत्यु
काठमाडौं । वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट धेरै जनधनको क्षति भएको छ ।...
-
नेप्से परिसूचक २४.३९ अंकले बढ्यो
काठमाडौं। धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार २४.३९ अंकले बढेर बन्द भएको छ । नेप्से १.२३ प्रतिशतले वृद्धि भएर...
-
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले विश्वासको मत
काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।सोमबार बसेको प्रदेश सभा बैठकमा कार्कीको पक्षमा ५७ मत परे...
-
सभामुखद्वारा सदन खुलाउन छलफल
काठमाडौं । नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले आज प्रमुख विपक्षी दल नेपाली कांग्रेसका...
-
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।सोमबार बसेको प्रदेश सभा बैठकमा कार्कीको पक्षमा ५७ मत परे...
-
छोराछोरीका लागि पोसिलो खाजा बनाउन अभिभावकलाई तालिम
काठमाडौं । प्याकेटमा बन्द गरिएका तयारी खाजाका कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर देखिन थालेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पोसिलो खाजा बनाउन...
-
सट्टेबाजीमार्फत रु दुई अर्बभन्दा बढीको कारोबार गर्ने पक्राउ
काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वमा सञ्चालन हुने विभिन्न खेलहरुमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ, वानएक्स बेट,...