ताजा समाचार

काठमाडौंमा ३९३ सहित उपत्यकामा थपिए ४८१ संक्रमित

काठमाडाैँ । आज काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४८१ जनामा कोरोना पुष्टि भएको हो ।

आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना कोरोना संक्रमित देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org