ताजा समाचार

भैरहवामा कोरोना संक्रमित एक महिलाको मृत्यु

काठमाडाैँ । रुपन्देहीको भैरहवामा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

भैरहवा स्थित भीम अस्पतालमा उपचाररत् पश्चिम  नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ५ की एक ६५ वर्षीय महिलाको मंगलबार राती पौने १० बजे मृत्यु भएको हो।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहका अनुसार मृतक महिलालाई उच्च रक्तचाप, मधुमेह लगायतको समस्यासमेत थियो।

भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएपछि १५ गते बुटवलस्थित कोरोना विशेष अस्पतालमा ल्याईएकोमा त्यहाँ आईसियू बेड खाली नभएपछि उनलाई भिम अस्पताल पठाइएको थियो।

भिम अस्पतालमा सोमबार देखि आईसियु संचालनमा आएकोले उनलाई आईसियूमै राखी उपचार गरिरहेकोमा मंगलबार राती मृत्यु भएको शाहले जानकारी दिए।

यो सँगै भिम अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको९ संख्या दुई पुगेको छ। यसअघि यहाँ रुपन्देहीको गैंडहवाका पुरुषको मृत्यु भएको थियो।

अहिले भीम अस्पतालमा २१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ, जसमध्ये ४ जना आईसियूमा रहेका छन् भने १७ जना सामान्य कोभिड आइसोलेशन उपचाररत् छन्।

रुपन्देहीमा कोरोना संक्रमण पुष्टि भएका ११ जनाको मृत्यु भइसकेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org