राष्ट्रियसभा सांसद बन्ने बामदेव मन्त्री बन्न भने नपाउने, यस्तो छ संवैधानिक व्यवस्था
काठमाडौं । बिहीबार बसेको सत्तारुढ नेकपा सचिवालय बैठकले यस अघि गरेको निर्णयलाई कार्यान्वयन गर्दै पार्टी उपाध्यक्षलाई राष्ट्रियसभामा लैजाने निर्णय गर्यो।
वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णयसँगै अर्थमन्त्री खतिवडाको बिदाई हुने छ। खतिवडाको कार्यकाल भदौ २० मा सकिँदै छ। राष्ट्रियसभामा एक पद खाली भएकोले त्यस ठाउँमा गौतमलाई मनोनीत गर्नका लागि सिफारिस गर्ने निर्णय भयो। पछिल्लो छ महिना यता अर्थमन्त्री खतिवडा राष्ट्रियसभाको सदस्य नभई मन्त्री भएका हुन्।
सरकारका प्रवक्तासमेत रहेका खतिवडालाई २०७४ फागुन २१ मा पहिलो पटक संविधानको धारा ८६(२) बमोजिम राष्ट्रियसभाको सदस्य मनोनित गरिएको थियो। गोला प्रथाद्वारा छानिँदा राष्ट्रियसभाका लागि खतिवडाको कार्यकाल जम्मा २ वर्षका लागि मात्रै भयो। उनको कार्यकाल २०७६ फागुन २० मा सकियो। उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुनः ६ महिनाका लागि मन्त्री बनाइयो। यसपटकको मनोनित अवधि पनि भदौ २० मा सकिँदैछ ६ महिनाका लागि भने संघीय संसद्को सदस्य नभएको व्यक्ति पनि नेपालको संविधानको धारा ७८ (१) लाई टेकेर मन्त्री बन्न सक्ने व्यवस्था छ।
यही धारा अनुसार पछिल्लो ६ महिनाका लागि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्री बनाएका थिए।
वामदेव मन्त्री बन्न पाउँदैनन् !
ठूलो जोडबल पछि बल्लतल्ल सांसद बन्ने पक्का भएका गौतम मन्त्री बन्न भने संविधानले छेकेको छ। भोलिबाट रिक्त हुने राष्ट्रिय सभाका सदस्यको एक पदमा वामदेव गौतमलाई मनोनित गरे पनि उनी मन्त्री बन्न संविधानको धारा ७८ (४) ले पूर्ण रुपमा रोक लगाएको छ। मन्त्री बन्नका लागि कि प्रतिनिधिसभा सदस्य हुनुपर्छ कि त राष्ट्रियसभा सदस्य हुनुपर्छ।
वामदेव राष्ट्रियसभा सदस्य भइसकेपछि पनि उनको हकमा संविधानको धारा ७८ (४) बाधक बन्नेछ। त्यसो त वामदेव राष्ट्रियसभा सदस्य भइसकेपछि सरकारमा उपप्रधानमन्त्रीसहित मन्त्रालयको जिम्मेवारी लिने आफ्नो उदेश्य रहेको बताउँदै पनि आएका छन्। ‘उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल कायम रहेको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधिसभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदका लागि योग्य हुनेछैन’ संविधानको धारा ७८ (४) मा भनिएको छ।
संविधानको यही व्यवस्था अनुसार वामदेव चुनाव हारेका व्यक्ति भएकोले मन्त्री बन्न पाउँदैनन्। बर्दिया क्षेत्र नं. १ मा कांग्रेसका नेता तथा पूर्व मन्त्री सञ्जय कुमार गौतमले वामदेवलाई ७५३ मतले हराएका हुन्।
यस्तो छ संवैधानिक व्यवस्थाः
संविधान विद् भिमार्जुन आचार्य प्रतिनिधिसभाको चुनाव हारेको व्यक्ति राष्ट्रियसभा सदस्य बन्न सके पनि मन्त्री बन्न कुनै हालतमा नसक्ने बताउँछन्। राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसको विषयमा नेपालको संविधानको धारा ७६ (९), धारा ७८ (१), धारा ७८ (४) मा स्पष्ट पारेको आचार्य बताउँछन्।
धारा ७६ (९) मा भनिएको छ, ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदका सदस्यहरु मध्येबाट समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्रीसहित बढीमा २५ जना मन्त्री रहेको मन्त्रिपरिषद गठन गर्ने छ।’ त्यस्तै धारा ७८ (१) मा भनिएको छ, ‘धारा ७६ को उपधारा ९ मा जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ।’ धारा ७८ को उपधारा १ मा जे लेखिए पनि तत्काल कायम रहेको प्रतिनिधिसभामा पराजित भएको व्यक्ति प्रतिनिधिसभाको त्यस कार्यकाल भरी मन्त्री पदमा नियुक्त हुन नपाउने उल्लेख छ।
धारा ७८ को उपधारा ४ मा भनिएको छ, ‘उपधारा १ (७८ (१)मा) जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल कायम रहेको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधिसभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिको लागि योग्य छैन।’
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...