ताजा समाचार

कोरोना संक्रमणबाट थप १४ जनाले गुमाए ज्यान, मृतकको संख्या २७१ पुग्यो

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा ४ महिला र १० पुरुष रहेका छन् ।

डा. गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौंका ८२, ६७ र २२ वर्षीया महिला र चितवनका ३५ वर्षीया एक महिला रहेका छन् ।

त्यसैगरी सप्तरीका ५५-५५ वर्षीय दुई पुरुष, धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org