ताजा समाचार

नेकपा स्थायी कमिटी बैठक २६ भदाैमा बाेलाउन ओली तयार

काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे स्थायी कमिटी बैठक २६ भदाैमा बस्ने भएकाे छ ।

साेमबार बिहान बालुवाटारमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेपछि प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली बैठक बाेलाउन तयार भएका हुन् ।

यसअघि ओली तयार नहुँदा १३ साउनयता बैठक बस्न सकेकाे थिएन । प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले दुई अध्यक्षबीच आगामी शुक्रबार बैठक बाेलाउने सहमति भएकाे जानकारी दिए ।

साेमबार बालुवाटारमा भएकाे छलफलमा महासचिव विष्णु पाैडेल पनि सहभागी थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org