ताजा समाचार

उपत्यकामा निषेधाज्ञा बढाउनुपर्छः स्वास्थ्य मन्त्रालयका विज्ञ

काठमाडाैँ । स्वास्थ्य मन्त्रालयका विज्ञहरूले काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याउन सुझाव दिएका छन् ।

कोरोना संक्रमितको संख्या बढिरहेकाले निषेधाज्ञालाई निरन्तरता दिन विज्ञले सुझाव दिएका हुन् ।

‘कोरोनालाई मात्र हेर्ने हो भने ५ सयभन्दा बढी एकै ठाउँमा एक्टिभ केस छ भने खुला गर्न मिल्दैन । लक नै गर्नुपर्छ भन्ने स्वास्थ्यको नीति हो । नीतिअनुसार खुकुलो बनाउन मिल्दैन,’ ‘स्वास्थ्यका कोभिडविज्ञ डा. महेन्द्र श्रेष्ठले भने, ‘कोरोनाले मात्र देश चल्दैन । हाम्रो सुझावले मात्र पनि हुँदैन ।’

गत ३ भदौदेखि जारी निषेधाज्ञा आज राति सकिँदै छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू निषेधाज्ञा के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छन् ।

‘विज्ञहरूका विभिन्न सुझाव आएको छ । बेलुकासम्म एउटा निर्णयमा पुग्छौँ,’ ललितपुरका प्रजिअ नारायणप्रसाद भट्टले भने, ‘५ बजेसम्म निर्णय आउँछ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org