ताजा समाचार

प्रधानमन्त्री ओली-प्रचण्ड छलफल सकियो

काठमाडाैं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच स्थायी कमिटिको एजेण्डाका बारेमा छलफल भएको छ।

भदाै २६ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गरेर ओली प्रचण्डले प्रस्ताव तयार पारेका हुन् ।

अध्यक्षद्वयबीचको छलफलले स्थायी कमिटी बेठककालागि प्रस्ताव र कार्यसुची तयार पारेको छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले भने ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली प्रचण्डले कार्यदलले दिएको सुझावको आधारमा प्रस्ताव तयार पारेको र असन्तुष्ट पक्षको समेत आवाजलाई समेट्ने गरेर काम भएको स्रोतले जनाएको छ । भने, प्रस्ताव तयार भइसकेपछि स्थायी कमिटी सदस्यलाई कार्यसूची समेत पठाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org