ताजा समाचार

१ हजार ८१ संक्रमित थपिए, संक्रमितको संख्या ४९ हजार नाघ्यो

काठमाडाैँ । बुधबार देशभर कोरोनाका १ हजार ८१ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए।

यीसहित हालसम्म संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ। पछिल्लो २४ घण्टामा ९ सय १८ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org