ताजा समाचार

१२४६ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५० हजार नाघ्‍यो

काठमाडौं । नोभेल कोरोना भाइरसका एक हजार २४६  संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार २४६ संक्रमित थपिएको जानकारी दिए ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ८१८  जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३५ हजार ७०० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१  प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार १४४  जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख १०  हजार ४८५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार १० जना र होम आइसोलेसनमा ६ हजार ४३८ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ८०६ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर २१ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १६५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, मोरङ, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं रहेका छन् । ताप्लेजुङ, मुगु, सोलुखुम्बु, म्याग्दी, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।

आइतबार देशभर ९८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो भने सोही अवधिमा ८१४ जना डिस्चार्ज भएका थिए । कोरोना भाइरसको संक्रमणबाट आइतबार ९ जनाको मृत्यु भएको थियो ।

सोमबार देशभर ९७० कोरोना संक्रमित थपिएका छन् भने यही अवधिमा एक हजार ७३६ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

मंगलबार ९०२ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने दुई हजार २८७ जना डिस्चार्ज भएका थिए । यही अवधिमा ६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।

बुधबार एक हजार ८१ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसैगरी यस अवधिमा ९१८ जना डिस्चार्ज भएका छन् । बुधबार पनि ६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org