डु प्लेसिस र रायडुको साझेदारीले चेन्नइको जित
काठमाडौं। फाफ डु प्लेसिस र अम्बती रायडुको अर्धशतकप्रेरित चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गरेको छ।
युनाइटेड अरब इमिरेट्सस्थित शेख जायद रंगशालमा दक्षिण अफ्रिकाका डु प्लेसिसले अविजित ५८ रन बनाए भने रायडुले ७१ रन जोडे। दुई ब्याट्सम्यानले तेस्रो विकेटका लागि ११५ रनको साझेदारी गरेपछि चेन्नईले १६३ रनको लक्ष्य १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो। यससँगै महेन्द्रसिंह धोनीले कप्तानका रुपमा यो १००औं जित हासिल गर्न सफल भए।
त्यसअघि टस हारेर ब्याटिङका लागि निम्त्याइएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६२ रन बनाएको थियो।
मुम्बईका सौरभ तिवारीले ४२, क्विन्टन डी ककले ३३, किरन पोलार्डले १८, हार्दिक पाण्डेयले १४, कप्तान रोहित शर्माले १२ तथा जेम्स प्याटिन्सनले ११ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
चेन्नईका लुंगी एनगिडीले तीन विकेट लिए भने दीपक चहर र रविन्द्र जडेजाले समान दुई विकेट लिए। साम कुरान र पियुष चावलाको नाममा एक-एक विकेट रह्यो।
१६३ रनको लक्ष्य पछ्याएको चेन्नईले पहिलो दुई ओभरमा दुई विकेट गुमाएको थियो। चेन्नईको शुरूआत हेर्दा १६३ रनको लक्ष्य ठूलो देखिएको थियो। तर डु प्लेसिस र रायडुले तेस्रो विकेटका लागि ११५ रनको साझेदारी गरेपछि चेन्नईको सम्हालिएको थियो।
१५.६ ओभरमा रायडु आउट हुँदा चेन्नई १२१-३ को स्थितिमा थियो। त्यसपछि रविन्द्र जडेजाले १०, कुरानले १८ रन जोडे। डु प्लेसिस ४८ रनमा अविजित रहे।
Comments
अरु समाचार
-
सुदूरपश्चिम प्रदेश महिला क्रिकेटको फाइनलमा
काठमाडौं । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले बागमती...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले...
-
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...
-
इन्डियन प्रिमियर लिग: राजस्थान रोयल्यसमाथि दिल्ली क्यापिटल्सको जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । अरुण जेटली स्टेडियममा भएको खेलमा...