ताजा समाचार

मन्त्री सचिवालयबाटै तोकिने, एक हप्ताभित्रै मन्त्रिमण्डल पुनर्गठनको तयारी

काठमाडाैँ । सत्तारूढ नेकपाले पार्टीको सचिवालय बैठकबाटै मन्त्रिमण्डल पुनर्गठन र मन्त्री बन्ने व्यक्तिबारे निर्णय गर्ने भएको छ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सचिवालयले निर्णय गरेरै संघीय र प्रदेश सरकारका मन्त्रीमण्डल पुनर्गठन गर्ने विषयमा सुझाव दिएको एक नेताले जानकारी दिए।

‘अब मन्त्रिमण्डल पुनर्गठन गर्दा नाटकीय परिवर्तन आउने र देशमा एउटा सन्देश दिनेगरी गर्नुपर्छ,’ ती सचिवालय सदस्यले भने, ‘नयाँ, पुराना, क्षेत्रीय, जातीय, भुगोल, लैङ्गिकलगायत पक्षलाई मिलाएर समान अवसर दिनेगरी गर्नुपर्छ भन्ने सबैको सुझाव छ, यी सुझावमा दुबै अध्यक्ष सहमत हुनुहुन्छ।’

ती सदस्यका अनुसार बढिमा एक हप्ताभित्र मन्त्रिमण्डल पुनर्गठन हुने लगभग सहमति बनेको छ।

‘भोलि पनि बैठक बस्छ, नीतिगत कुरा सकिएको छ, अब प्राबिधिक विषय टुंगो लगाएर मन्त्री बनाउने नाम तय गर्छाैं र सचिवालयले नै नाम तोक्छ,’ ती नेताले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org