ताजा समाचार

कोरोना संक्रमित क्याप्टेन लामा भन्छन्, यो रोगलाई सामान्य नठान्नु

काठमाडौं। कोरोना संक्रमण पुष्टि भएपछि हाल उपचाररत नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामाले आफ्नो कोरोना अनुभव बाँडेका छन्।

उनले आफ्नो युट्युब च्यानल ‘विजय लामा’ मा २७ मिनेट ३१ सेकेण्डको भिडियोमा आफ्नो अनुभव व्यक्त गरेका हुन्।

शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका उनमा भदौ २९ गते संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई सोल्टी होटलमा आइसोलेसनमा राखिएको थियो।

उनले भिडियोमा पिसीआर परीक्षणका लागि स्वाब दिएको दिनदेखि स्टार अस्पतालमा भर्ना भएर उपचार गराइरहँदासम्मको दैनिक क्रियाकलाप र अनुभवलाई समेटेका छन्।

लामाले कोभिडलाई हल्का रुपमा नलिन आग्रह गर्दै सामाजिक दुरी कायम गर्न, मास्क तथा स्यानिटाइजर लगाउन आग्रह गरेका छन्। तर कोभिड संक्रमण भयो भनेर नडराउन र आत्मबल बलियो बनाउन पनि उनले आग्रह गरेका छन्। ‘कृपया आफ्नो स्वास्थ्यको ख्याल गरिदिनुहोला, हल्का रुपमा–ख्यालठटको रुपमा लिएर जथाभावी नहिँड्नुहोला, जीवन रहे पो सबथोक रहन्छ,’ उनले भनेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org