ताजा समाचार

जाडोमा कोरोना संक्रमण बढ्छ, माघसम्म अत्यन्तै सतर्क बनौं : डा. पाण्डे

काठमाडाैँ । जाडो मौसममा कोरोना संक्रमण अझ बढ्न सक्ने भएकाले अति सतर्कता अपनाउन स्वास्थ्य विज्ञले सुझाव दिएका छन्।

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले जाडो महिनामा भाइरस अलि लामो समय बाँच्ने सम्भावना हुने भएकाले आउँदो माघसमम्म यसबाट अति सतर्क रहन सुझाव दिएका हुन्।

आफ्नो फेसबुक पेजमा एक घण्टा लामो भिडियो सन्देश जारी गर्दैै डा. पाण्डेले दसैं, तिहार, छठजस्ता चाडपर्व पनि आइरहेकाले स्वास्थ्य सुरक्षामा ध्यान दिन सल्लाह दिएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org