चीनका लागि नेपाली राजदूत पाण्डेको अभिव्यक्तिप्रति काँग्रेस नेताहरुको आपत्ति
काठमाडौं । चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुले आपत्ति जनाएका छन् ।
हुम्लामा चीनले अतिक्रमण गरेको नेपाली भूमिको विषयमा आएको सरकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको काँग्रेसले राजदूत पाण्डेले चिनियाँ शासनप्रणाली अनुकरणीय भन्दै दिएको अभिव्यक्तिमाथि प्रश्न उठाएको छ ।
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा विवाद भइरहेका बेला चीनका लागि राजदूत पाण्डेले दिएको अभिव्यक्तिप्रति प्रश्न उठाएका हुन् ।
‘जननिर्वाचित संविधान सभाद्वारा जारी संघीय लोकतान्त्रिक प्रणाली हटाएर चिनियाँ शासन प्रणाली अनुकरण गर्नका लागि नेपाल सरकारले चीनका लागि राजदूत पठाएको हो र?,’
निधिको प्रश्न छ ।
निधिले सत्ताधारी दलका यी र यस्ता अभिव्यक्तिका कारण वर्तमान राजनीतिक प्रणालीमाथि खतरा उत्पन्न भएको बताए ।
यस्तै नेपाली काँग्रेसका नेता गगन थापाले पनि राजदूत पाण्डेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सरकारको आधिकारी धारणा के हो भन्द प्रश्न गरेका छन् ।
थापाले ग्लोबल टाईम्समा राजदूत पाण्डले दिएको अन्तरवार्तामा व्यक्त विचार र भाषा कुटनीतिज्ञको मर्यादा विपरीत भएको बताए ।
थापाले ट्वीटरमा लेखेका छन्, ‘चीनका लागि नेपाली राजदूतले ग्लोबल टाईम्समा दिनुभएको अन्तरवार्तामा व्यक्त विचार र भाषा कुटनीतिज्ञको मर्यादा विपरित छ। परराष्ट्रमन्त्रीज्यू राजदूतको त्यो अभिव्यक्ति नै सरकारको आधिकारिक धारणा हो ? होईन भने परराष्ट्र मन्त्रालायले आफ्नो धारणा स्पष्ट गरोस्।’
अन्तराष्ट्रिय सम्बन्ध जस्तो संवेदनशील विषयमा राजदूतबाट हलुका टिप्पणी सदा अवांछनीय हुने थापाको भनाइ छ ।
‘अन्तराष्ट्रिय सम्बन्ध जस्तो संवेदनशील विषयमा राजदुतबाट हलुका टिप्पणी सदा अवांछनीय हुन्छ। यतिखेर भार-चीन,नेपाल-भारत र नेपाल-चीन सम्बन्ध यथास्थितिभन्दा अलि फरक र जटिल बन्दैगएको छ। यो समयमा राजदूत पाण्डेको गैरजिम्मेवार अभिव्यक्तिले नेपालको कुटनीतिक कौशलमा समेत प्रश्न उठाउँछ,’ थापाले भनाइ छ ।
यसैगरी काँग्रेसका नेता गुरुराज घिमिरेलले राजदूत पाण्डेको अभिव्यक्ति संवेदनहीन र गैरकुटनीतिक भएको दाबी गरे । उनले ट्वीटरमा लेखेका छन्,’नेपालको हुम्ला जिल्लाको भौगोलिक सिमाका बिषयमा बेइजिङमा रहेका नेपालका राजदूत महेन्द्र ब.पाण्डेको अभिव्यक्ति संवेदनहीन र गैर कुटनीतिक देखिन्छ।’
उनले थपेका छन्, ‘उनको काम राष्ट्रको हितमा चिनसँगको सम्बन्धलाई अझ सुमधुर बनाउने हो । एउटा छिमेकीको अनावश्यक पैरवी गरेर अर्को छिमेकीलाई आधारहिन गालीगर्ने होइन।’
काँग्रेसका नेता उदय शमशेर राणाले पनि विदेशमा रहेका नेपाली राजदूतहरुले राष्ट्रिय हितका रुपमा सेवा गर्दै नेपालको पक्षमा बोल्नुको सट्टा राजदूत भएको देशको पक्षमा बोल्दै आएको बताए ।
पूर्व अर्थराज्यमन्त्री समेत रहेका नेता राणाले राजदूतले आफूले गर्नुपर्ने भन्दा विपरीत काम गरेको टिप्पणी गरे ।
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि नेपालको सार्वभौमिकता र सीमा सम्बन्धी अत्यन्त संवेदनशील र गम्भीर विषयमा वास्तविकता सार्वजनिक गर्न गरिएको विलम्वले सरकारको नियतमाथि गम्भीर प्रश्न खडा भएको बताए ।
चीनसँगको सीमा विवाद नभएको तथा अहिले मिडियामा आइरहेको विषय भारतको इसारामा प्रोपोगण्डाको रुपमा आइरहेको राजदूत पाण्डेले अन्तर्वार्ताका क्रममा बताएका थिए।
Comments
अरु समाचार
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक...
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...