ताजा समाचार

विद्युतीय गाडीमा अब ६ देखि ६० प्रतिशत अन्त:शुल्क, भ्याट यथावत

काठमाडाैँ । सरकारले आफ्नै नीति विपरित बढाएको विद्युतीय गाडीको राजश्व दर अन्तत: केही घटाएको छ ।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले दर घटाएको जानकारी गराएका थिए ।

चालू आर्थिक वर्षको बजेटबाट अधिक ८० प्रतिशत अन्त:शुल्क तोकिएको ३ हजार किलोवाट क्षेमतामाथिको अन्त:शुल्क अब ६० प्रतिशत लाग्ने भएको छ । त्यस्तै बजेटबाट ३० प्रतिशत अन्त:शुल्क राखिएको ५० किलोवाटसम्मको अन्त:शुल्क ६ प्रतिशतमा झारिएको हो । साबिकको दरको आधारमा ५० मेगावट क्षमतासम्मका गाडीको अन्त:शुल्कमा ८० प्रतिशत र ३ हजार मेगावाट माथिकोमा २५ प्रतिशत छुट छ ।

अन्तःशुल्क, भ्याट  भन्सार दर पनि विरोध गरिएपनि भ्याट भने यथावत राखिएको छ । राखे घटे पनि मूल्य अभिवृद्धि कर (भ्याट) र भन्सार दर भने यथावत रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org