ताजा समाचार

बहराइनका राजकुमार लोबुचे हिमालको चुचुराेमा

काठमाडाैँ । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले सोलुखुम्बुस्थित लोबुचे हिमालको सफल आरोहण गरेका छन् ।

शनिबार बिहान ८ बजेर ५० मिनेटमा राजकुमारको टोली ६ हजार १ सय १९ मिटर अग्लो लोबुचेको शिखरमा पुगेको हो ।

बहराइनका राजकुमार खलिफासहितको आरोहण दल लोबुचे हिमाल चढ्ने क्रममा साेलुखुम्बुकाे दिङबोचेमा ।

सेभेन समिट ट्रेक्समार्फत आरोहणका लागि गएका खलिफाका साथमा माउन्टेन गाइड मिङ्मा शेर्पा, टासीलाक्पा शेर्पासहित २५ जनाको टोली शिखरमा पुगेको सेभेन समिटका निर्देशक दावा शेर्पाले बताए ।

सेभेन समिटले आफ्नो फेसबुक पेजमार्फत पनि राजकुमारको टोलीले लोबुचेको सफलतापूर्वक आरोहण गरिएको जनाएको छ । खलिफाले अब गोरखाको मनास्लु हिमाल आरोहण गर्नेछन् । उक्त टोलीले अक्टोबर १५ देखि २० भित्र मनास्लु आरोहण गर्ने अहिले मनास्लु आधारशिविरमै रहेका सेभेन समिटका निर्देशक दावाले बताए ।

बहराइनबाट आरोहणका लागि १८ जनाको टोली आएको थियो । सन् २०२० लागेयता नेपालका कुनै पनि हिमाल आरोहण भएको यो पहिलोपटक हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org