ताजा समाचार

सचिवालय बैठक रोकेर ओली–प्रचण्ड छलफलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ ।

उनीहरूबीच पार्टी एकताको बाँकी रहेका काम टुङ्ग्याउने विषयमा छलफल चलेको स्रोतले जानकारी दियो ।

छलफल दिउँसो साढे २ बजेदेखि सुरु भएको प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले जानकारी दिए । आज नेकपाले सचिवालय बैठक पनि तय गरेको थियो ।

तर, कोरोनाको जोखिम बढेर र प्रधानमन्त्री ओलीको सचिवालयका चारजना र केही सुरक्षाकर्मीमा समेत संक्रमण देखिएपछि आजको बैठक स्थगित गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org