ताजा समाचार

तीन मन्त्रीमा नयाँ नाम प्रस्तुत

जनार्दन भन्छनः ‘मलाई सञ्चार चाँहि हुँदैन है’

काठमाडाैँ । नेकपा स्थायी समिति सदस्य तथा ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल शनिबार रातारात बुटवलबाट काठमाडौं आई आइतबार एकाबिहानै महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मालाई लिएर बालुवाटार पुग्नुभएको छ ।

बालुवाटारपछि त्यहि टोली खुमलटार गएको थियो ।

दिउँसो दुई बजेसम्म उक्त टोलीले बालुवाटारमा दुईजना अध्यक्षसँग संयुक्त वार्ता गरी बुटवल फर्कने क्रममा पोख्रेल चढेको गाडीमा चितवन रामनगर पुग्दा ढुङ्गा प्रहार गरिएको थियो । स्रोतका अनुसार संयुक्त वार्तामा पार्टीभित्र उठेका पछिल्ला विषयमा एकसरो कुरो राखे पनि सहमतिमा पुग्न नसकेपछि सबैले बाटो तताएका थिए । छलफल भोलि फेरि बस्ने गरी टुङ्गाइएको छ ।

बालुवाटारमा अनौपचारिक ढङ्गले गरिएको आजको छलफलमा पनि प्रधानमन्त्रीले मन्त्रीमण्डल पुनर्गठनको क्रममा रिक्त तीनवटा मन्त्रालयमा मात्र मन्त्री थप्ने आशय व्यक्त गर्नुभएको बताइन्छ ।

वहाँका अनुसार अर्थमा विष्णु पौडेल,सञ्चारमा जनार्दन शर्मा र सहरी विकासमा सुरेन्द्र पाण्डेको छनक दिए पनि प्रचण्ड नबोली बस्नुभएको थियो । त्यहि मेसोमा नजिकै रहेका जनार्दनले ‘मलाई सञ्चार चाँहि हुँदैन है’ भनेर अरुचि पोखेको श्रोतको दावी छ ।

यो समाचार आजको जनआस्थामा छापिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org